नेपालमा थप २९ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।१४ हजार ८७५ पीसीआर परीक्षण गर्दा साे संख्यामा संक्रमित भेटिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।संक्रमित मध्ये १६सय ९८ जना काठमाडौं उपत्यकाका छन् ।
नयाँ थपिएका कोरोनाका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ३२ हजार २४६ पुगेको छ । २४ घण्टामा २३ सय २६ जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।