कैलालीको मोहना नदी क्षेत्रमा भएको प्रहरी सहायक निरीक्षक (असई) गोविन्द विकको हत्या प्रकरणमा संलग्न भएको आशंकामा प्रहरीले ११ जना शंकास्पद व्यक्तिलाई छानविनका लागि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा त्यस क्षेत्रबाट सामान तस्करीमा संलग्न रहने गरेका व्यक्ति र विकसँग असन्तुष्ट समूहका सदस्यहरु भएको बताइए पनि अनुसन्धान प्रारम्भिक भएकोले उनीहरुको नाम साबैजनिक गरिएको छैन।
प्रहरीका अनुसार हत्या गरिएका बिकको घाटीमा धारीलो हतियारको चोट देखिएको छ। मोहना नदी नजिकै रहेको उखुबारीमा रगतका छिटा सेमेत देखिएकाले हत्या भएको हुन सक्ने प्रहरीको आशंका छ।
विकसँगै शनिबार साँझ बा ५८ प ५२८४ नम्बरको मोटरसाइकलमा गस्तीका लागि निस्किएका प्रहरी रामबहादुर साउद अझै भेटिएका छैनन्।
चौकीबाट मोटरसाईकलमा राति साढे आठ बजे गस्तीमा निस्किएका दुबै जना साढे १० बजे देखि सम्पर्क बिहिन भएका थिए। असई विकले अस्थायी प्रहरी बिट, जुगेडाको नेतृत्व गरिरहेका थिए।