काेराेना संक्रमण दैनिक रूपमा बढ्न थालेपछि सरकारले सार्वजनिक सवारी साधन चढ्ने यात्रुका लागि फेस सिल्ड अनिवार्य रूपमा लगाउनुपर्ने व्यवस्था गरेकाे छ । तर त्यसकाे व्यवस्था यात्रु आफैंले गर्नुपर्नेछ ।
गत असोज २६ गते नै सार्वजनिक सवारीले सिट क्षमताको पुरै यात्रु बोकाउन पाउने निर्णय सरकारले गरेपछि यात्रुहरु सबै सिटमा बस्न थालेसँगै जाेखिम बढ्न थालेकाे थियाे ।त्यसाे त अहिले विमानमा पनि फेस सिल्ड अनिवार्य गरिएको छ ।
भौतिक दूरी कायम हुन नसक्ने स्थितिमा फेस सिल्ड उपयुक्त हुने जनाइएकाे छ ।विभागले सबै सिटमा यात्रु बोक्न पाइने नियम भएकाले बढी भाडा नर्तिन यत्राुलाई आग्रह रेको छ ।