नेपालमा शनिबार थप ३१ सय ६७ जना काेराेना सङ्क्रमित थपिएका छन् ।
१५ हजार ४३८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
नयाँ संक्रमितमध्ये १७ सय ४६ जना काठमाडौं उपत्यकाका छन्। जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।यससँगै कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १८०० सय जना संक्रमणमुक्त भएका हुन् । हाल देशभरमा ३८ हजार ७३७ संक्रिय संक्रमित छन् ।