कुनै पनि किसिमको अपराध नियन्त्रणमा प्रहरीको अहम भूमिका रहेका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले बताएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले आयोजना गरेको ६५ औ प्रहरी दिवसको अवसरमा सो कुरा बताएका हुन् ।
सीमा क्षेत्रमा हुने अपराध, राजमार्ग क्षेत्रमा हुने अपराध, गाँउ समाज र समुदायमा हुने अपराधहरुको भित्री रुपमा सूचनाको संकलन, सूचनाको विश्लेषण गरी प्रहरीले गरेको क्रियाकलप अतिनै उत्तम रहेको प्रजिअ पौडेलले बताए ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले कुनै पनि अपराध नियन्त्रणमा नागरिकको सहयोग हुन जरुरी रहेको बताए ।
हरेक वर्ष जस्तै यस वर्ष पनि जिल्ला प्रहरी कार्यालय कपिलबस्तुले सो दिवस मनाएको हो । दिवसको अवसर गरिएको खेलकुदमा प्रथम, द्धितिय र तृतिय हुनेलाई पुरस्कृत समेत गरिएको छ ।
दिवसकै अवसरमा उत्कृष्ठ काम गर्ने प्रहरी अधिकृत तथा जवानहरुलाई पुरस्कार वितरण गरिएको थियो । साथै ईलाका प्रहरी कार्यालय गणेशपुरका लागि जग्गा दान गर्ने १ जनालाई सम्मान समेत गरिएको थियो । कार्यक्रममा अमर प्रहरीका परिवार, विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष डिलाराम भुषाल, सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष देवि प्रसाद बर्मा, कपिलबस्तु नगरपालिका वडा नं. १ का वडा अध्यक्ष सुदिप पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।