कोरोनाको बहाना बनाएर दशैँ तिहारमा पूजा अर्चना नरोक्न माग गर्दै नेपाल विश्व हिन्दु महासंघले विरोध प्रदर्शन गरेको छ।
जिल्ला प्रशासन कार्यालय अगाडि नाराबाजी गर्दै उनीहरुले विरोध प्रदर्शन गरेका हुन्। साथै मिचिएको भुमि फिर्ता गर, चिनिया अतिक्रमण बन्द गर, चौतर्फी सिमा सुरक्षा सुनिश्चित गर, हिन्दु धर्म संस्कृति माथिको हस्ताक्षेप बन्द गर, कोरोनाको बहानामा दशै तिहारलाई निशाना बनाउन पाइदैन र मुर्ति बनाई पुजा अर्चना एवम् विर्सजन रोक्न पाइदैन लगायतका नारा लगाउदै विरोध प्रदर्शन गरेका थिए।
सरकारले हिन्दु माथिको हस्ताक्षेप नरोकेमा चरणबद्ध आन्दोलन गर्ने महासंघका जिल्ला अध्यक्ष उदयभान यादवले बताए।
प्रदर्शनका क्रममा बोल्दै महासंघ प्रदेश महासचिव निरन्जन यादवले हिन्दु धर्ममाथि कुनै पनि किसिमको हस्ताक्षेप स्वीकार्य नहुने उनले बताए।