लुम्बिनी प्रदेशका उभामुखसहित सचिवालयका ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार साँझ आएको स्वाव परिक्षणको नतिजामा उपसभामुख कृष्णी थारु, प्रदेश सभा सचिव, लेखा अधिकृत, स्वास्थ्य निरीक्षक लगायतमा कोरोना संक्रमण देखिएको हो ।
जसमा मर्यादापालक ८ र सुरक्षाकर्मी ७ जनामा समेत संक्रमण देखिएकोछ। प्रदेशको स्थायी राजधानी तोक्ने प्रस्तावकाे विराेध गर्ने क्रममा भीडभाड भएकाे थियाे । सभामुख पूर्णबहादुर घर्तीमा कोरोना संक्रमण देखिएपछि आइतबार सचिवालयमा कार्यरत ९५ जनाको स्वाव संकरलन गरी परिक्षणमा पठाइएको थियो । अझै १० जनाको नतिजा आउन बाँकी छ । पहिल्लाे समय लुम्बिनी प्रदेशमा पनि काेराेना संक्रमण फैलिदै गएकाे छ ।