जिल्लाको सदरमुकाम तौलिहवा स्थित रहेको भुमि सुधार तथा मालपोत कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण भएपछि शुक्रबार सम्मका लागि सेवा बन्द गरिएको छ ।
कार्यालयले सूचना प्रकाशित गरी मंगलबार देखि शुक्रबार सम्मका लागि कार्यालयबाट प्रदान गरीने सेवा पूर्ण रुपमा बन्द गरिएको छ ।
मालपोतका एक जना कर्मचारी ३ दिन देखि विरामी परेकोे उपचारको लागि बुटवल गएको र कोरोना जाँच गराउदा रिर्पोट पोजेटिभ आएपछि कार्यलयको सेवा बन्द गरिएको कार्यालय प्रमुख रिषिराम पौडेलले बताए ।
प्रमुख पौडेलका अनुसार उनको अन्य कर्मचारी संग पनि पत्यक्ष संम्पर्क रहेको र आफु सहित सवैको पिसिआर रिपोर्ट परिक्षण गरिने बताए ।