जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलबस्तुले दशैं तिहारमा यात्रुको सजिलोको लागि यात्रु सहायता कक्षा सञ्चालनमा ल्याएको छ।
चाडपर्वका बेला सवारी साधानमा क्षमता भन्दा बढी यात्रु राख्ने, बढी भाडा लिने लगायतका कामहरु हुने भएकाले त्यसको न्यूनीकरण गर्न यात्रु सहायता कक्ष सञ्चालनमा ल्याइएको हो। जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवछस्तुले कृष्णनगर, तौलिहवा, गोरुसिंगे, चन्द्रौटा र पिपरामा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ।
यात्रुहरुको कुनै गुनासो, यात्रा गर्दा अप्ठ्यारो गह्रो भएमा यात्रु सहायता कक्षमा रहने प्रहरी साथीले सहयोग गर्ने जिल्ला ट्राफिक प्रहरी कार्यालय कपिलवस्तु प्रहरी निरीक्षक दिलिप क्षेत्रीले बताए।
अहिले कोरोना भाइरसको मध्यनजर गरेर, त्यसमा अपनाउनु पर्ने स्वास्थ्य प्रक्रिया अपनाएका छन् कि छैनन् र त्यसको लागि बस व्यवसायी संघले कसरी सहयोग गरेको छ त्यसको अनुगमन यात्रु सहायता कक्षले गर्ने प्रहरी निरीक्षक क्षेत्रीको भनाई छ।
चाडपर्वको बेलामा ट्राफिक प्रहरीको उपस्थितिले ट्राफिक नियमको पालना हुने विश्वास गरिएको छ। यात्रु सहायता कक्ष स्थापना गरिनुले सर्वसाधारण यात्रुलाई सजिलो हुने अपेक्षा गरिएको छ।