कपिलवस्तु जिल्लाको शुद्धोधन गाँउपालिका वडा नंं ५ घिराउ जोत स्थित कोठी नदीमा एक युवकको शव फेला परेको छ।
रुपन्देही लुम्बिनी साँस्कृतिक नगरपालिका वडा नंं १ खुनगाईका जोगी यादवका १८ वर्षीय छोरा दिपकको शव नदीको बीचमा मृत अवस्थामा फेला परेको हो।
मृतकको शव सडेगलेको अवस्थामा फेला परेको र मृतकका बुवाले कपडाको आधारमा शव पहिचान गरेको प्रहरी नायब उपरीक्षक धर्मराज भण्डारीले बताए। मृतक युवा असोज १८ गतेदेखि बेपत्ता भएका थिए।
घटनास्थलमा कानुनी प्रक्रिया पुरा गरी शव पोस्टमर्टमका लागि कपिलवस्तु अस्पताल तौलिहवामा पठाइएको छ। घटनाको थप अनुसन्धान भई रहेको प्रहरी नायब उपरीक्षक भण्डारीले बताए।