प्रदेश नं. ५ को राजधानी कपिलबस्तु हुनु पर्ने माग सहित कपिलबस्तुमा टायर बालेर प्रदर्शन गरिएको छ ।
प्रदेश ५ को स्थायी राजधानीका लागि दाङको भालुवाङमा रहने गरी प्रदेश सभामा प्रस्ताव गरेसंगै कपिलबस्तुमा विरोध प्रर्दशन गरिएको हो । प्रर्दशनकारीहरुले कपिलबस्तुका बिभिन्न ठाँउमा टायर वालेर प्रर्दशन गरेका छन् ।
प्रर्दशनकारीले प्रदेश ५ को राजधानी कपिलबस्तु बनाउनु पर्ने माग सहित प्रदर्शनमा उत्रेका हुन् । राजधानी कपिलबस्तु नबनाए चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् ।
यस्तै, प्रदेश ५ को स्थायी राजधानी दाङ बनाउने प्रस्ताव अघि बढेपछि कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको हाे । शेरबहादुर देउवा नेतृत्वको सरकारले रुपन्देहीलाई अस्थायी राजधानी तोकेकोले स्थायी राजधानी सोही ठाउँलाई बनाउनु पर्ने उनीहरुको माग छ ।
यसैबीच, प्रदेश न ५ को राजधानी दाङ देउखुरी लैजाने सरकारको निर्णयपछि नेपाल विद्यार्थी संघले पनि बुटवलमा विरोध प्रदर्शन गरेको छ ।