काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ७२४ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित कार्यक्रममा दिइएको जानकारी अनुसार काठमाडौंमा ५८३, ललितपुरमा ७८ र भक्तपुरमा ६३ गरि काठमाडौं उपत्यकामा ७२४ संक्रमित थपिएका हुन्।
यसैगरी यो अबधिमा देशभर १ हजार २०७ कोरोना संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु भएको छ।
योसँगै कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ भने कुल संक्रमितको संख्या ७१ हजार ८२१ पुगेको छ।