पाल्पाको रम्भा गाउँपालिकाकाे फोक्सिङकोटमा पहिरोले ३ वटा घर पुरिँदा ६ जना वेपत्ता भएका छन् ।अविरल वर्षासँगै खसेको पहिरोले स्थानीय बेलौजाका हुम बहादुर गाहा र मान बहादुर गाहाको दुई घर पुरिँदा एकै परिवारका ५ सहित ६ जना वेपत्ता भएका हुन ।
वडाध्यक्ष उमानसिंह सारुका अनुसार बेलौजाको हुम बहादुरको परिवारका ५ जना वेपत्ता भएका छन भने वडा नं. २ कै सुरुङ्गडांडामा घर पुरिँदा १ जना वेपत्ता भएका छन ।
मनबहादुर गाहाको परिवारका तीन जनाले भने भागेर ज्यान जोगाउन सफल भएका छन्।
उद्दारका लागि जिल्ला सदरमुकामदेखि नेपाली सेनाको टोली घटास्थलतर्फ गएकाे नेपाली सेनाको पाल्पास्थित गोरखदल गणले जनाएको छ ।पानी परिरहेको र पहिरो खस्ने क्रम नरोकिएको हुँदा उद्दारमा समस्या भएको बताइएकाे छ ।