कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको बनगाइ भलवाड डोहोटे सडक खण्डको मोतिपुर स्थित कोइली खोलामा नेपाल विद्युत प्राधिकरणको गाडी खस्दा एक जनाको मृत्यु भएको छ भने दुईजना बेपत्ता भएका छन्।
बाणगंगा नगरपालिकाको वडा नं ९ भलवाडबाट फर्किने क्रममा बा १ ञ १०८९ नम्वरको जिप बगाएको थियो । मोतिपुर कवजे पार गर्ने क्रममा बगाएको शसस्त्र प्रहरी उपरीक्षक धुब्र बहादुर कार्कीले बताए । उनका अनुसार गाडीमा सवार ६ जनामध्ये ३ जनालाई सकुशल उद्धार गरिएको छ भने एकजनाको शव भेटिएको र २ जना अझै बेपत्ता छन्।
मृत्यु हुनेमा गुल्मी जिल्लाको तम्घासका गाडी चालक माधव पाण्डे रहेको शसस्त्र प्रहरी उपरीक्षक कार्कीले बताए । उक्त घटना स्थलमा अहिले सशस्त्र प्रहरी, नेपाली सेना र नेपाल प्रहरी परीचालन भई खोजी कार्य जारी रहेको छ।