१० पटक विनाअक्सिजन सगरमाथा आरोहण गरेर विश्व रेकर्ड बनाएका आङरिता शेर्पाको निधन भएको छ।
नेपाल पर्वातारोण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाका अनुसार सोमबार विहान १० बजे जोरपाटीस्थित आफ्नो छोरीको घरमा आङरिता शेर्पाको निधन भएको हो ।
उनी लिबर र ब्रेन सम्बन्धी समस्याबाट पीडित थिए। ‘हिम चितुवा’ उपनामले परिचित पर्वतारोही शेर्पाकोअन्त्येष्टि धार्मिक परम्पराअनुसार गरिने छ।