चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै सत्याग्रहमा रहेका डा. गोविन्द्र केसीको माग पुरा गर्नुपर्ने माग गर्दै आइतबार पनि काठमाडौंमा प्रदर्शन गरिएको छ।
‘सोलिडारिटी फर डा. केसी एलायन्स’ ले केसीको समर्थनमा काठमाडौंको माइतिघरमा प्रदर्शन गरेको हो।
डा. केसीले अघि सारेका कोरोना भाइरस (कोभिड(१९) को पीसीआर परीक्षण व्यापक बनाउनुपर्ने, निःशुल्क गुणस्तरीय शिक्षा र स्वास्थ्यमा समान पहुँचको सुनिश्चिता हुनुपर्ने लगायतका माग पुरा गर्नुपर्ने प्रदर्शनमा सहभागीहरुको भनाई छ।
विगतमा भएका सम्झौता अक्षरसः कार्यान्वयन भएको भन्दै डा केसीले भदौ २९ गतेदेखि जुम्लाको चन्दननाथ नगरपालिका ६ रानीचौरस्थित बामिरामष्ट मन्दिरमा सत्याग्रह सुरु गरेका हुन्। सात दिनदेखि अनशनमा बसेका डा. केसीको स्वास्थ्य जटिल बन्दै गएको छ। गएराति केसीलाई अस्पताल लगिएको भए पनि उहाले स्वास्थ्य जाँच गर्न मानेका छैनन्।