स्वास्थ्य अवस्था बिग्रिदै गएपछि जुम्लामा अनसनरत डा गोविन्द केसीलाई अस्पताल लगिएकाे छ।
चिकित्सकहरूकाे निगरानीमा राख्नुपर्ने अवस्था भएपछि शनिवार राती १० बजे उनलाई अस्पताल पुर्याएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मंगल रावलले जानकारी दिए।
केसीको स्वास्थ्य निगरानीका लागि डाक्टर अनुप मंगल सुमाल, डाक्टर प्रबिनकुमार गिरी, डाक्टर धिरज गुरुङ र नर्स सविना थापालाइ खटाइएकाे छ।
स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै केसी जुम्लाको सिंहचौरस्थित बाबिरा मस्ट मन्दिरमा अनसन बसेका थिए।