भारतको बरौलीबाट बीस हजार लिटर पेट्रोल लिएर थानकोट डिपोका लागि काठमाडौं आउँदै गरेकाे ना ४ ख २८२२ नम्बरको टयाङ्कर आज विहान त्रिशूली नदीमा खसेर दुर्घटना भएकाे छ ।
पृथ्वी राजमार्गस्थित गल्छी बैरेनीको नमस्ते ग्यास उद्योग नजिकको मोडबाट करिव दुई सय मिटर तल त्रिशुली नदीमा खसेकाे प्रहरीले जनाएकाे छ ।
ट्याङ्कर दुर्घटनापछि सम्पर्क विहिन भएका चालक अहिले सम्पर्कमा आएका छन ।हेटौंडा घर भएका ट्याङ्कर चालक ३२ वर्षीय सुदिप बोहोरा र मकवानपुर बसहा माडी घर बताउने मनिष नगरकोटीलाई मुग्लिनबाट प्रहरीले नियन्त्रणमा लिएको हो।
स्टेरिङ्ग फेल भई ट्याङ्कर दुर्घटना भएको चालक बाहोराको भनाइ उद्दत गर्दै प्रहरीले जनाएकाे छ ।थप अनुसन्धानका लागि दुबैलाई इलाका प्रहरी कार्यालय गजुरीमा राखिएको छ ।ट्याङ्कर दुर्घटनापछि आगलागी भएकाे थियाे।