सर्लाही सदरमुकाम मलंगवामा शनिबार दिउँसो २ बजेबाट कर्फ्यु आदेश जारी गरिएकाे छ ।
मूर्ति विसर्जनको विषयलाई लिएर दुई समुदायबीचको विवाद झडपमा परिणत हुन थालेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । आइतबार बिहान ८ बजेसम्म कर्फ्यु जारी रहने छ ।
बिहीबार विश्वकर्मा पूजाको मूर्ति शुक्रबार विर्सजन गर्न लैजाँदै गर्दा अवरोध भएपछि दुई समुदायबीच झडप भएको थियो । झडपमा दुवै तर्फका एक दर्जन भन्दा बढी घाइते भएका छन् ।
दुई समूहबीचको झडपपछि विश्वकर्मा पूजाको मूर्ति अहिले जिल्ला प्रहरी कार्यालय मलंगवामा राखिएको छ ।