पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्या २ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४ सय ५८ वटा पीसीआर परीक्षणमा २०२० संक्रमित भेटिएका हुन्।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ६१ हजार ५ सय ९३ पुगेको छ। काठमाडौंमा ८५९ जना नयाँ संक्रमित थपिएका छन्।
मोरङ, सिराहा, सुनसरी, ललितपुर, मकवानपुर, चितवन, काठमाडौं, भक्तपुर र रुपन्देहीमा ५ सय भन्दा बढी संक्रमित भएका छन्। त्यस्तै सोलुखुम्बु, मुस्ताङ, डोल्पा, रसुवा, हुम्ला र मुगुमा शून्य संक्रमित छन्।