झण्डै ६ महिनादेखि बन्द रहेका आन्तरिक हवाई उडान तथा लामो दूरीका यातायात आजदेखि सञ्चालन भएका छन् । गत चैत ११ गतेदेखि बन्द हवाई उडान र लामो दूरीका यातायात बन्द थिए ।
सरकारले लामो दूरीका यातायात सञ्चालन हुँदा ५० प्रतिशतसम्म बढी भाडा यात्रुबाट असुल्न व्यवसायीलाइ बाटाे खाेलिदिएकाे छ । आन्तरिक हवाइजहाज र लामो दूरीका यातायातका साधनले स्वास्थ्यका मापदण्ड पूरा गरी सिट क्षमताको ५० प्रतिशत मात्र यात्रु राख्न पाउने छन् ।
सिटमा एक जना मात्र राख्ने पाइने, यात्रुले अनिवार्य मास्क प्रयोग गर्नुपर्ने तथा सेनिटाइजर र भौतिक दूरी कायम राखेर हवाई र लामो दूरीका यातायात सञ्चालन गर्न पाइने भएको छ । सवारी चालक र सहचालकले अनिवार्य रुपमा मास्क र पञ्जा लगाउनाका साथै सवारी साधनले दैनिक निर्मलीकरण गर्नुपर्नेछ ।
विदेशबाट आउने यात्रुको यात्रा शुरु गर्नुभन्दा पहिले ७२ घण्टाअघिको पिसिआर परीक्षण गर्दा नेगेटिभ आएको अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ । उपत्यकामा हाेटल,रेष्टुरासहित सबै व्यापार व्यवसाय अाजबाट सञ्चालन हुने भएका छन् ।