यसैबीच, भूकम्पकाे केन्द्रविन्दु सिन्धुपाल्चोकमा कुनै क्षति भएको खबर नआएको प्रहरीले जनाएकाे छ ।तर, स्थानीयलाई सतर्कता अपनाउन स्थानीय प्रशासन र स्थानीय पालिकाले अपिल गरेको छ ।

भूकम्पको धक्काले राम्चे गाउँमाथि चर्किरहेको पहरोमा केहि हुन्छ कि भन्ने त्रसित स्थानीयवासीमा थियाे । सिन्धुपाल्चाेकका गाउँमागिका भीर र पहराहरु चर्किएको अवस्था छ । पहिरोको उच्च जोखिम रहेको यस गाउँमा भूकम्प गए पछि स्थानीय त्रसित बनेका छन् ।