पछिल्लो छ महिनादेखि बन्द रहेको हवाई उडान र सार्वजनिक यातायात असोज ५ गतेदेखि सञ्चालन हुने भएको छ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले हवाई उडान र लामो दूरीको सार्वजनिक यातायात पुनः सञ्चालन गर्ने निर्णय गरेको हो। यसो गर्दा सुरक्षा सतर्कता अपनाउनु पर्ने बताइएको छ।