ललितपुरका विभिन्न अस्पतालमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा २ जना र मेघा अस्पतालमा १ जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
पाटन अस्पतालमा उपचाररत काठमाडौं निवासी ५१ वर्षीय पुरुष र भक्तपुरका ७२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
यस्तै ललितपुरकै मेघा अस्पतालमा उपचार गराइरहेका भक्तपुर निवासी ३८ वर्षीय पुरुषको पनि आज बिहान ७ः४० बजे मृत्यु भएको छ । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या ३ सय २५ पुगेकाे छ ।