कपिलवस्तुमा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलवस्तु नगरपालिका वडा नं. ६ का २९ बर्षीय पुरुष भएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ। उनी मृगौला र उच्च रक्तचापका विरामी थिए।
बिरामी परेपछि उपचारका लागि काठमाडांैको शिक्षण अस्पताल लगिएकोमा गत भदौ २२ गते कोरानो पुष्टी भएको थियो। उनको उपचारको क्रममा बुधवार राति मृत्यु भएको स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले बताए। मृतक मजदुरको काम गर्ने गर्थे। यससंगै जिल्लामा कोरोनाबाट मृत्यु हुने संख्या ६ पुगेको छ।
जिल्लामा आज थप ४६ जना कोरोना पोजेटिभ पुष्टि भएको छ। यो सँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १ हजार २ सय २४ पुगेको छ।