काठमाडौं उपत्यकामा भदौ ३ गते देखि लागू गरिएको निषेधाज्ञालाइ आजदेखि खुकुलाे पारिएकाे छ । निषेधाज्ञा खुकुलाे पारिएसँगै व्यावसाय सञ्चालन गर्नका लागि पनि बार ताेकिएकाे छ ।
जसअनुसार फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक,सपिङमल,लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ ।
यसैगरी भाँडाकुडाका पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ भने फर्निचर र अटो मोवाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने छ ।
शैक्षिक संस्था, फिल्म हल र जिमखाना लगायत यसअघि बन्द गरिएका क्षेत्र नयाँ निर्णय नभइन्जेल बन्द नै रहने छन् ।काठमाडौं उपत्यका प्रवेश गर्ने सवारीसाधनहरुका लागि भने पहिलेकै प्रावधान लागू गरिनेछ ।
काठमाडौं उपत्यकामा फुटपाथ र ठेलाको व्यापार खुला भएकोछ ।तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले जारी गरेको निषेधाज्ञाासम्बन्धी नयाँ आदेशअनुसार फुटपाथ पसल र ठेलाको व्यापार विहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न सकिनेछ ।तीनै जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचना अनुसार बिहीबारदेखि भदौ ३१ गतेसम्म लागू हुने छन ।