नेपालमा थप १ हजार ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा ११ हजार १६७ नमुना परीक्षण गर्दा १०८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ४९ हजार २१९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ९१८ जना डिस्चार्ज भएका छन् । याेसँगै ३३ हजार ८८२ संक्रमणमुक्त भएका छन् । नेपालमा काेराेनाबाट अाजसम्म ३१२ जनाको मृत्यु भएको छ ।