मुलुककै ठूलो सरकारी अस्पताल वीर र चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का स्वास्थ्यकर्मीहरु तलबसुविधाबाट बञ्चित भएका छन् ।
नेपाल नर्सिङ काउन्सीलका अध्यक्ष प्राध्यापक गोमा देवि निरौलाले आर्थिक अभावलाई देखाउदै प्रतिष्ठान अन्तर्गतका स्वास्थ्यकर्मीहरुले तलबसुविधा नपाएको जानकारी गराएकी हुन् ।
सिंहदरबारमा मंगलबार बसेको शिक्षासमिति अन्तर्गतको उपसमिति बैठकमा उनले निरन्तर सेवामा जुटिरहदा पनि आर्थिक अभावका कारण कुनै सुविधा उपलव्ध हुन नसकेको बताइन् ।
बीरमा कार्यरत सरकारी कर्मचारीहरुलाई सरकारले तलव पठाएको र अन्यलाई भने अस्पतालमा आन्दानी नभएकाले तलव खुवाउन नसकेको जवाफ आएको उनको भनाई छ । त्यस्तै अस्पतालमा कार्यरत नर्सहरुलाई पनि मनोवल गिराउने काम अस्पतालकै चिकित्सकबाट भएको गुनासो आएको उनले बताए ।
हाल प्रतिष्ठान अन्तर्गत ४ सय बढि कर्मचारीहरु बीर अस्पतालमा कार्यरत छन् ।