जिल्लामा दुई पत्रकार सहित थप २० जनामा कोरोना पोजेटिभ देखिएको छ । थपिएका संक्रमित सबै समुदाय स्तर कै नै रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुमा कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
पुष्टी भएकामा प्रेस युनियन कपिलस्तुका जिल्ला सभापति तथा एभिन्यूज र अन्नपुर्ण पोस्टका संवाददाता, साझा न्यूज पत्रिकाको प्रकाशक गोपाल भण्डारी, एनटिभीका संवाददाता संक्रमित भएका छन । यससंगैं जिल्लामा ६ पत्रकार संक्रमित भएका छन । जस मध्ये ४ जना निको भई घर फर्की सकेको छन ।
सरकारी र एक बोडिङ स्कुलका शिक्षक २, , बिद्यतुका कर्मचारी २, मालपोतका कर्मचारी एक, मायादेबी गाउपालिका वडा नम्बर १ का वडा सचिव, कांंग्रेस महासमिति सदस्य संक्रमित भएका छन ।
यस्तै किराना पसल एक, एउटै मेडीकल पसलका दुई, सशस्त्र प्रहरी खुनुवा एक, ईन्जीनियर एक, महाराजगंज नगरपालिकाका एक कर्मचारी, सुनचादी पसलका एक जना तथा ३ जना समुदायस्तरका रहेको संक्रमति भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन थापाले बताए । गत भदौ ३ गते बुद्धपदम मा.वि देखि संकलन गरिएको १ सय ७३ नमुना मध्ये २० पोजेटिभ १ सय ५३ नेगेटिभ हो ।कपिलवस्तुमा संक्रमितको संख्या १ हजार ६५ पुगेको छ ।