गण्डकी प्रदेशमा पत्रकार र सुरक्षाकर्मीसहित १७ जना संक्रमित थपिएका छन् । पाेखरामा थपिएका ११ नयाँ संक्रमितमा १ पत्रकार, २ सुरक्षाकर्मी र १ जना विदेशबाट फर्किएका व्यक्तिसमेत छन् ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८ सय ८ पुगेको छ । १ हजार ६ सय ३९ जना निको भएर घर फर्किएका छन् । अहिलेसम्म ८ जनाको मृत्यु भएको छ ।