कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा जिल्लातहमा आइसोलेशन केन्द्रको अभाब हुँदै गएको छ। कोरोना प्रभावितमध्ये प्रदेश नं २ को पर्सा जिल्लामा बढ्दो संक्रमणलाई ध्यानमा राखेर स्थानीय समुदायको प्रयासमा सामुदायिक आइसोलेशन केन्द्र संचालनमा ल्याइएको छ।
नेपाली कांग्रेसका पूर्ब सांसदसमेत रहेका उद्योग व्यवसायी अनिल रुंगटाका अनुसार, वीरजञ्ज महानगरपालिका वडा नम्बर २५ स्थित होटल बाटिका इन्टरनेश्नलमा ४० शैय्याको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याइएको छ।
नियमित निःशुल्क चिकित्सकीय उपचार तथा परामर्श सेवा समेत उपलब्ध गराइने केन्द्रमा कोरोना संक्रमित सर्वसाधारणलाई राखिने बताइएको छ। वीरगञ्जस्थित नारायणी अस्पतालका विज्ञ डाक्टरले केन्द्रमा परामर्श सेवा उपलब्ध गराउने छन्।
प्रदेश नं २ मा कोरोना संक्रमणको हटस्पट बनेको वीरगञ्जमा बढ्दो संक्रमितको संख्यालाई ध्यानमा राखेर होटलमा सञ्चालित सामुदायिक आइसोलशन केन्द्रले स्थानीयलाई राहत मिल्ने उद्योगी रुंगटाको बिश्वास छ।