वीरगन्ज र कपिलबस्तुमा गरी थप दुइ जना काेराेना संक्रमितकाे मृत्यु भएकाे छ ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणका क्रममा अाज मृत्यु भएको हो ।
यस्तै, एकसातादेखि नारायणी अस्थायी कोरोना अस्पतालमा उपचाररत ६० वर्षाीय पुरूषकाे शुक्रबार साँझ मृत्यु भएकाे हाे ।कोरोना अस्पतालका इन्चार्ज डा.उदयनारायण सिंहका अनुसार ती पुरुष गत साउन २४ मा कोरोना अस्पताल भर्ना भएका थिए ।
डा. सिंहका अनुसार मृतक ६० वर्षीय पुरुष उच्च रक्तचाप, मधुमेह तथा प्यारालाइसिकिा रोगी थिए । याेसँगै काेराेना संक्रमणबाट मृत्यु हुनेकाे सख्या १ सय २ पुगेकाे छ ।