जुगल गाउँपालिका वडा नम्बर २ मा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार मृत्यु हुने १६ जनाकै सनाखत भएको छ ।
मृत्यु हुनेमा नौ बालबालिकासहित चार महिला र बाँकी पुरुष छन् । प्रहरीका अनुसार मृत्यु हुनेहरुमा लिदी लामागाउँकी ३६ वर्षीया टीकामाया दोङ, १४ वर्षीय छिरिङ दोङ, ८० वर्षीय जिते झाक्री, ८ वर्षीय मिलन दोङ, ५ वर्षीय सानू दोङ, ७० वर्षीय जयबहादुर दोङ, ३० वर्षीय दावाल्हामु दोङ, ५ वर्षीया प्रिती दोङ, ५ महिनाकी कान्छी दोङ, ३४ वर्षीया धनमाया दोङ, ४ महिनाका रेिमश दोङ, १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षीया मेकमाई दोङ, १९ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ रहेका छन् ।
मृतक ११ जनाको आज सामूहिक रुपमा दाहसंस्कार गरिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए।मृतकहरुको बौद्ध परम्पराअनुसार सामूहिक रुपमा अन्येष्टि गरिएको हाे।