कपिलबस्तुमा ७ जना सुरक्षाकर्मी सहित २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कपिलबस्तुमा कोरोना संक्रमितको संख्या ९ सय ३५ पुगेको छ ।
थपिएका संक्रमितहरुमा नेपाल प्रहरीका सुरक्षाकर्मी ७ जना, बैंकका कर्मचारी ७ जना, विद्यार्थी ५ जना, स्वास्थ्यकर्मी २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।यस्तै गैर सरकारी संस्था, बस व्यवसायी, नरसि«ङ बिद्यार्थी, गृहणी, समुदाय र शुद्धोधन गाँउपालिकाका गरी एक एक जना रहेका छन् ।
साउन २५ गते बुद्ध पद्म मा.वि. देखि संकलन गरिएको २ सय २६ नमुना मध्ये २६ जनाको पोजेटिभ र १ सय ५१ जनाको नेगेटिभ आएको र ५० जनाको नतिजा आउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।