राष्ट्रिय फुटबल टिमका एकजना खेलाडिमा काेराेना संक्रमण देखिएकाे छ ।
बन्द प्रशिक्षणमा रहेका एक जना फुटबल खेलाडीमा कोरोना संक्रमण देखिएको हाे । एन्फाले सोमबार र मंगलबार दुई दिनमा कुल ३४ खेलाडीको कोरोना परीक्षण गराएको थियो ।
नेपालमा फुटबल खेलाडीलाई कोरोना संक्रमण देखिएको याे पहिलाे पटक हो । यसअघि स्क्वास खेलका प्रशिक्षक हिरा थापालाई पनि कोरोना संक्रमण देखिएको थियो ।हाल उनी होम आइसोलेसनमा छन् ।