सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिका वडा नं २ को लामा टोलमा पहिराले १३ घर पुरिएका छन्। शुक्रबार बिहान आएको पहिरोले घरहरु पुरिंदा एक दर्जनभन्दा बढी व्यक्ति सम्पर्कविहीन भएका छन्।
पहिरोपछि केही स्थानीय नजिकैको लप्सीचौरमा आएर बसेका छन् भने थप केही घर जोखिममा छन्। पहिरो प्रभाबित क्षेत्रमा उद्धारका लागि तयारी भइरहेको बताइएको छ।