नेपालमा कोरोना भाइरसबाट २४ घन्टामा ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार महोत्तरी, धनुषा, अछाम र मोरङ जिल्लामा १/१ जना र वीरगञ्जमा २ जना गरी ६ जनाकाेकाे मृत्यु भएको हो ।
पछिल्लाे समय वीरगञ्जको नारायणी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान मृत्यु भएका बाराका दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रसौनी गाउँपालिकाका ६५ वर्षका र जीतपुर–सिमरा उपमहानगरपालिकाका ५० वर्षका पुरुषमा मृत्यु भइसकेपछि कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा काेराेना संक्रणबाट मृत्यु हुनेकाे संख्या ९७ पुगेकाे छ ।