महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालका दुई चिकित्सक र चार जना स्टाफ नर्समा कोरोना संक्रमण पुष्टि भएको छ।चिकित्सकमा लक्षणसहितको संक्रमण पुष्टि भएसँगै अस्पतालको आकस्मिक सेवा बन्द गरिएको छ ।
त्रिवि अस्पतालका कोभिड कोअर्डिनेटर डा. सन्तकुमार दासका अनुसार इमर्जेन्सी विभागमा कार्यरत दुई चिकित्सक र वार्डमा कार्यरत चार नर्सिङ स्टाफमा बुधबार कोरोना संक्रमण पुष्टि भएको हो ।त्रिवि शिक्षण अस्पतालमा २४ जना संक्रमितको उपचार भइरहेको छ ।
लक्षण नदेखिएका तर पीसीआर रिपोर्ट पोजिटिभ आएका अन्य स्वास्थ्यकर्मीलाई घरकै आइसोलेसनमा बस्न भनिएको छ ।स्वास्थ्यकर्मीको पीसीआर रिपोर्ट पोजिटिभ आएसँगै अस्पतालमा कोरोना संक्रमित स्टाफको संख्या १८ पुगेको छ ।