शसस्त्र प्रहरी बल कृष्णनगरले भारतबाट अबैध रुपमा ल्याइएको २४ लाख ५० हजार भारतिय रकम बरामद गरेको छ ।
आज विहान ४ बजे कृष्णनगरको लिंकगेटबाट ३ सय मिटर पूर्व शसस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्मको टोलीले सो रकम बरामद गरेको हो ।
शसस्त्र प्रहरीको ड्युटी रहेको बाटोमा भारत हुदै झोलामा भिरेर एक व्यक्तिले सेनेटाईजर र औषधीको पोकामा लुकाएर सो रकम ल्याएका हुन । नेपाली भुभागमा दशगजा भन्दा ५० मिटर भित्र गरिएको चेकजाँजका क्रममा शुरुमा ति व्यक्तिले झोला खोलेर सेनेटाईर र औषधी रहेको भन्दै गस्तमिा रहेको शसस्त्रको टोलीलाई झुक्याउन खोजेका थिए ।
शसस्त्र प्रहरीले झोला हेर्न थालेपछि ती व्यक्ति झोलामा रहेको रकम, औषधी र सेनिटाइजर छोडेर भारत तर्फ भागेको शसस्त्र प्रहरी राजश्व गुल्म कृष्णनगरका शसस्त्र प्रहरी नायब उपरिक्षक शुशिल कुमार शाहीले बताए ।
उक्त झोला नेपाल प्रहरी, स्थानीय जन प्रतिनिधि र स्थानीय पत्रकारको रोहबरमा खोल्दा झोलामा रु २४ लाख ५० हजार भारतिय रकम (नेपाली रु ३९ लाख २० हजार ), ४२ पत्ता सुगरको औषधी र २ बट्टा सेनिटाइजर फेला परेको शसस्त्र प्रहरी नायब उपरिक्षक शाहीले बताए ।
बरामद गरिएको रकम ५ सयको ४९ गड्डी भारतिय रकम रहेको र आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी रहेको उनले बताए ।