सोमबार साँझदेखि हराइरहेका कान्तिपुर दैनिकका बरिष्ठ पत्रकार बलराम बानियाँको शव मकवानपुरमा भेटिएको छ।
अपराध अनुसन्धान महाशाखाका प्रमुख एसएसपी दीपक थापाका अनुसार पत्रकार बानियाको शब मकवानपुरको सिस्नेरीस्थित माण्डो जलविद्युत आयोजनामा भेटिएकोे हो।
पत्रकार बानियाँ दुई दिनदेखि सम्पर्कमा नआएपछि कान्तिपुर दैनिकले महानगरीय प्रहरी परिसर, काठमाडौं र अपराध अनुसन्धान महाशाखा, बानेश्वरमा उजुरी दिएको थियो।
प्रहरीका अनुसार सोमबार दिउँसो ३ बजेतिर बानियाँ बल्खु खोलाको पुलमुनि देखिएका थिए। खोलामा हराएको हुनसक्ने आशंकामा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले उनको खोजी थालेको थियो। खोला किनारमा उनको जुत्ता भेटिएको थियो।
पत्रकार बानियाँका श्रीमती, एक छोरा र एक छोरी छन्।