नेपालमा थप ६३८ जनामा कोरोना संक्रमण देखिएको छ ।
देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा ठूलो संख्यामा कोरोना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
मन्त्रालयका अनुसार मंगलबार काठमाडौंमा १३४ जना कोरोना संक्रमित फेला परेका छन् । जसअनुसार काठमाडौंमा ११०, ललितपुरमा १६ र भक्तपुरमा ८ जना कोरोना संक्रमित फेला परेको प्रवक्ता गौतमले जानकारी दिए ।
मंगलबार १७१ जना डिष्चार्ज भएका छन् भने हालसम्म १६,६६४ जना डिष्चार्ज भएको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप चार जनाको मत्यु भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ८३ पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।
हाल सक्रिय संक्रमित ७,२०१ जना रहेको छ । अहिले सात हजार दुई सय एक जना देशका विभिन्न ठाउँको आइसोलेशनमा छन् । यस्तै ११ हजार ५८ जना क्वरेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।