जिल्लामा थप ११ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै कपिलबस्तुमा संक्रमितको संख्या ८ सय ७८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय कपिलबस्तुका कोरोना फोकल पर्सन कुमार थापाले बताए ।
साउन २१ गते कपिलवस्तु नगरपालिकाका तौलिहवा बजार क्षेत्र, (बालमन्दिर) देखि सन्कलन गरिएका २ सय २६ नमुना मध्ये आइतबार आएको १ सय १७ नेगेटिभ ११ पोजेटिभ आएको थियो ।
संकलन गरिएका २ सय २६ नमुना मध्ये ९८ जनाको रिर्पोट आज आएको छ । जस मध्ये ११ पोजेटिभ, ८७ नेगेटिभ रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।
तौलिहवाको बालमंन्दिरमा संकलन गरिएको स्बाब नमूना अन्र्तगत तौलिहवा बजारको पान पसल, जुत्ता पसल, किराना पसल, कपडा पसल, गिफ्ट हाउस, मासु पसल संचालकहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।
कपिलबस्तुको समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि स्थानिय प्रशासनले मंगलबार २७ गते विहान ५ बजे देखि साउन ३२ गते राति १२ बजे सम्माको लागि अत्यावश्यक सेवा बहेकका सबै सेवा बन्द गरेको छ ।