जनकपुरमा काेराेना संक्रमणबाट थप वृद्धकाे मृत्यु भएको छ ।
विदेह नगरपालिका वडा नम्बर ८ का ६० वर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मंगलबार बिहान मृत्यु भएको छ ।
जनकपुर प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत ती पुरुषमा निमोनिया र मिर्गौलामा समेत गम्भीर समस्या थियो ।
दमको समस्या बढेपछि २० दिनअघि उपचारका लागि जनकपुर ल्याइएकाे थियाे ।