गोंगबुमा आइतबार बिहान सुटकेशमा शव फेला परेका दाङका कृष्णबहादुर बोहोराको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेकी कल्पना मुडभरीलाई प्रहरीले मंगलबार सार्बजनिक गरेको छ।
महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाले मंगलबार संयुक्त पत्रकार सम्मेलन गर्दै बोहोराको हत्यामा संलग्न पौडेललाई सार्वजनिक गरेको हो। साथै प्रहरीले घटनामा प्रयोग भएको धारिलो हतियार, हिर्काउन प्रयोग भएको ह्याम्मर, रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल लगाएत पनि बरामद गरि सार्वजनिक गरेको छ।
शनिबार राति कल्पनाको कोठामा पुगेका बोहोरा र कल्पनालेसँगै बसेर मदिरा पिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। साथै मदिराको नसा चढ्दै गएपछि कल्पनाले दहिमा स्लिपिङ ट्याबलेट हालेर बोहोरालाई खुवाएको पाइएको छ। पौडेलले प्रहरी बयानमा बोहोरालाई स्लिपिङ ट्याबलेट खानदिएर सुतेपछि हथौडाले संवेदनशील अंगमा प्रहार गरी मारेको स्वीकारेको प्रहरीले जनाएको छ।
पत्रकार सम्मेलनमा काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बोहोरा र कल्पनाबीच फेसबुकबाट चिनजान भएको र पछि बोहराले नक्कली फेसबुक बनाएर महिलाका निर्वस्त्र तस्बिर सार्वजनिक गर्न थालेपछि हत्या गरेको हुनसक्ने देखिएको बताए। हत्यापछि बोहोराको शव व्यवस्थापनमा कल्पनाकी छोरी पनि संलग्नता देखिएको उहाले जानकारी दिए। उनले तालिम प्राप्त कुकुरको प्रयोग गरेर अनुसन्धान अघि बढाएको उल्लेख गरे।
हत्यापछि शव फालेर उनी एम्बुलेन्स चढेर माइती जान्छु भन्दै चितवन पुगेकी थिइन्। प्रहरीले उनलाई सोमबार साँझ चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याएको हो।
र याे पनि
गोंगबु हत्या प्रकरण : पक्राउ परेकी महिला एम्बुलेन्स मगाएर चितवन पुगेकी थिइन्