गोंगबुमा टाउकाे काटेर हत्या गरेकाे घटनामा संलग्न रहेकाे भन्दै प्रहरीले ३७ वर्षीय कल्पना मुडभरी(पाैडेल)लाइ चितवनबाट नियन्त्रणमा लिएकाे छ ।
अाफ्नै डेरामा कृष्णबहादुर बोहराको स्लिपिङ ट्याबलेट खुवाएर हत्या गरेपश्चात कल्पनाले एम्बुलेन्स चालकलाई बोलाएर चितवन भागेको खुलेको छ ।
कोठामा हत्या गरेर नजिकै शव लुकाएपछि कल्पना आइतबार १५ वर्षीया छोरी र १३ वर्षका छोरा लिएर एम्बुलेन्समा चितवन भागेकी थिइन्। चितवन माइतीघरमा रहेकै बेला कल्पनालाई काठमाडौंबाट खटिएको अपराध महाशाखा र चितवन प्रहरीको टोलीले पक्राउ गरेको थियो। एम्बुलेन्स चालक र दुई छोराछोरी पनि चितवनबाटै पक्राउ परेका हुन्।
कल्पना श्रीमानसँग अलग भएर छुट्टै बस्दै आएकी थिइन्। स्रोतका अनुसार कल्पना र कृष्णबहादुरको पहिलेदेखि नै आउजाउ थियो।
कृष्णबहादुर काठमाडौंमै व्यापार व्यवसाय गर्ने तयारीमा भएको बताइए पनि यसको पनि यकिन भइसकेको छैन। आर्थिक लेनदेन वा अरु विवादले हत्याको रुप लियो भन्ने पनि खुलेको छैन।