आज श्रीकृष्णको पूजा आराधना गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ ।
श्री कृष्ण जन्माष्टमी प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइन्छ ।श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।
कंसको अत्याचारबाट मानवजातिलाई मुक्ति दिनका लागि ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता श्रीकृष्णकाे आजको दिनमा मध्यरातमा जन्म भएको थियाे ।विष्णुको आठौँ अवतारका रुपमा वासुदेव र देवकीको आठौँ गर्भबाट आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
आजकाे दिन विभिन्न कृष्ण मन्दिरहरूमा दर्शनार्थीकाे भीड लाग्ने गर्दथ्याे। तर यसपटक काराेनाले गर्दा ललितपुरको प्रशिद्ध कृष्ण मन्दिर पनि भक्तजनहरुका लागि बन्द गरिएकाे छ ।