वीरगञ्जमा कोरोना संक्रमणबाट थप एक महिलाको मृत्यु भएको छ। वीरगञ्ज महानगरपालिका १५ भेडियाहीकी ४५ वर्षीया महिलाको मृत्यु भएको हो। गण्डकस्थित अस्थायी कोभिड अस्पतालमा उपचारका क्रममा शनिबार राति मृत्यु भएकी ती महिलाको पिसीआर रिपोर्ट आइतबार पोजेटिभ आएको हो।
शनिबार स्वास्थ्य प्रश्वासमा समस्या आएपछि उनलाई इण्डो अस्पतालमा राखेर उपचार गर्दा पनि सुधार नआएपछि कोरोनाको शंकामा शनिबार राति नै गण्डक कोभिड अस्पताल भर्ना गरिएको थियो।
योसँगै पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुगेको छ।