नेपालमा आइतबार थप ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशका बिभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा तीन सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए। संक्रमितहरुमा काठमाडौं उपत्यकाका ९२ जना रहेका छन् ।
योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या २२ हजार नौ सय ७२ पुगेको छ । यस्तै गएको आइतबार ४० जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएसँगै कोरोना जित्नेहरुको सङ्ख्या १६ हजार तीन सय १५ पुगेको छ ।
नेपालमा कोरोना सङ्क्रमणबाट थप दुई जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ७५ पुगेको प्रवक्ता गौतमले बताए ।
त्यस्तै ६ हजार पाँच सय ४४ जना सक्रिय सङ्क्रमित अहिले विभिन्न ठाउँको आइसोलेशनमा छन् । यस्तै ११ हजार ३८ जना क्वरेण्टीनमा रहेका छन् ।