काेराेना संक्रमणप्रति सजक गराउँदै आएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकै चार जना कर्मचारीलाई काेराेना पुष्टि भएको छ ।
गत शुक्रबार स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरिएकाेमा ४ जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयका एक अधिकारीले बताएका छन् ।
संक्रमित कर्मचारीको पहिचान गरी उनीहरूको सम्पर्कमा आएका व्यक्तिहरुको खोजी सुरु गरिएको छ । पछिल्लाे समय लक्ष्यण बीना नै संक्रमितहरू देखिन थालेका छन् । सुरक्षााकर्मी,स्वास्थ्यकर्मीसँगै निजामतीकर्मचारीमा पनि संक्रमण देखापरेकाे हाे ।काेराेनाले भ्यावह रूप लिन सक्ने हुँदा सबैले सजकता अपनाउनु नै उत्तम हुने चिकित्सकहरू बताउँछन् ।