काठमाडौंको गोंगबु क्षेत्रको गणेशस्थान नजिक सुटकेसभित्र टाउको विनाको शव फेला परेको छ। शब भेटिएको ठाउँबाट करिब तीन समय मिटर टाढा टाउको भेटिएको छ।
घटनास्थलमा प्रहरीको टोली पुगिसकेको छ। अहिलेसम्म शवको पहिचान भने हुन सकेको छैन। घटनास्थलमा काठमाडौं प्रहरी प्रमुख एसएसपी श्याम ज्ञवाली, अपराध महाशाखा प्रमुख एसएसपी दीपक थापालगायतको टोली पुगेको छ ।